सेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाडाैं । साेमबार करिब २४ अङ्कले घटेको शेयर बजार मंगलबार भने बढेको छ ।

सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने सुधार भएको छैन ।

२१ लाख सात हजार कित्ता शेयर ६६ करोड ३० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोको दुई करोड ८५ लाख रुपैयाँकाे शेयर किनबेच भएको छ ।

आज सामुदायिक लघुवित्तको शेयर १० प्रतिशत तथा अभियान लघुवित्त र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढे पनि गरिमा डिबेन्चरकाे शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१