सल्यानमा जीप दुर्घटना : एकै गाउँका ८ जनाकाे मृत्यु

दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन्ली रहेका छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा हुन् ।

बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कँदै गर्दा रा १ ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट-३ मूलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा कपुरकोट गाउँपालिका-६ जलबाँङका ३५ वर्षीय तिलक वली गम्भीर घाइते भएका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । जीपमा ९ जना सवार रहेकाे बताइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१