
काठमाडाैं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा आवद्ध आवासीय चिकित्सकहरुले विगत दुई महिनादेखि निर्वाह भत्ता नपाएकाे गुनासाे गरेका छन् ।
उनीहरुले २ महिनादेखि निर्वाह भत्ता नपाउँदा काम गर्ने मनाेबलसमेत गिरेकाले सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका हुन् ।
रेजिडेन्ट एसाेसियसन अफ न्याम्सले एक विज्ञप्ति जारी गरेर सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सकारात्मक पहलकदमी नआएकाे बताएकाे छ ।
जारी विज्ञप्तिमा भनिएकाे छ, ‘हाम्राे अध्ययन तथा सेवा ‘नन् प्राक्टिसिङ’ (अन्य संस्थामा काम गर्न नपाइने) हुने र दैनिक जिविका सञ्चालनका लागि न्युनतम भत्ता पाउने व्यवस्था भए पनि दुई महिनादेखि उक्त भत्ता प्राप्त भएकाे छैन । जसका कारण दैनिक जिविकाेपार्जन र मनाेबलमा समेत प्रत्यक्ष असर परेकाे छ ।’