सिप्रदियन सहायताद्वारा काठमाडौं र पोखरासहित १९ प्रमुख ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

काठमाडाैं । सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा काठमाडौं र पोखरासहित देशका १९ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरेकाे छ ।

दसैँ मनाउन उपत्यका छोड्ने यात्रुहरुको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, स्वयम्भू, चावहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु गरिएको छ ।

यस्तै, उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भन्ज्यांग र पोखरा का दुई स्थानमा पनि यात्रु सहायता कक्ष सुरु गरिएको छ ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएको छ त्यसैले यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु नआओस् भनेर यो सेवा दिइएको बताइएको छ । उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकोले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले सहायता कक्ष राखिएको हो ।

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सु-सुचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१