अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौ । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ’ भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन्।

शक्तिशाली आँधीले बुधबार दक्षिण-पश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ भने बिजुली प्रवाह अवरुद्ध भएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१