ओमेगा सिक्कीकाे थ्री ह्वीलर एमएडब्लू वृद्धिले असाेज ३० मा ल्याउने

काठमाडाैं । वातावरण मैत्री र किफायती भएकै कारण इलेक्ट्रिक भेहिकल प्रति आम जनमानसको चासो र मार्केट दिन प्रतिदिन बढिरहेको छ ।

अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने इलेक्ट्रिक भेहिकलको कुरा गर्दा ओमेगा सकी नाम आहिले आम रुपमा आकर्षणको केन्द्र बनेको छ । यसकारण आकर्षणको केन्द्र बनेको छ कि ओमेगा सिकी छोटो समय मै विश्वको ठूलो इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने कम्पनी बनेको छ ।

ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एङ्गलाइन ओमेगा ग्रुप अफ बिजनेशको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ ।

समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ। विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रा.लि कम्पनीले आफ्नो इन-हाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ। RAGE+ र STREAM ब्रान्ड अन्तर्गतका गाडीहरू भारतका धेरै प्रमुख इकमर्स र रसद कम्पनीहरूले प्रयोग गर्छन् ।

कार्गो सवारी साधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनि सुरुवात भएको कम्पनिको वेबसाइटमा उल्लेख छ ।

इलेक्ट्रिक थ्री व्हिलरबाट आफ्नो यात्रा सुरुवात गरेको कम्पनिले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाइरहेकाे छ ।

ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने उदेश्य राखेकाे छ ।

एमएडब्लू वृद्धिले ३० असोज ओएसएमका तीन पांग्रे विद्युतीय सवारीनेपाली बजारमा ल्याउने भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१