
काठमाडाैं । मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् ।
प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् ।
उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालय मनाङमा निवेदन दिएका छन् ।
उम्मेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।
उम्मेदवारी फिर्ता भएको सूचना निकालेसँगै मनाङे निर्विरोध निर्वाचित हुने छन् । उनको उम्मेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुने छन् ।
मनाङको प्रदेश सभा (ख) मा एमाले तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उम्मेदवारी उठाएका छैनन् ।