
काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा र भर्त्सना गरी खेद प्रस्ताव पारित गरेका छन् ।
नेपालले उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् ।
यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।
उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’