सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप ५ दिनको म्याद थप गरेको हो ।

यसअघि २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो । अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो ।

सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो । पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१