काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाण्डाै उपत्यका वरपर भूकम्पकाे धक्का महसुस गरिएकाे छ । आज बुधवार दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।

नेपाल–चीन सीमा सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । याे भूकम्पकाे धक्का काभ्रे, सिन्धुपाल्चाेक, धादिङ, गाेरखामा पनि महसुस गरिएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१