लजमा बस्न आउनेको अश्लील भिडियो खिच्ने ब्यक्ति पक्राउ

काठमाण्डाै  । काठमाण्डाैकाे बाँसवारीमा लजकाे काेठाभित्र गाेप्यरूपमा भिडियाे रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

काठमाण्डाै महानगरपालिका ३ बाँसवारीमा रहेकाे बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाको गोप्यरूपमा अश्लील भिडियो रेकर्ड गर्ने काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका १५ का मुकेश मालीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । ती व्यक्ति त्यही लजकाे म्यानेजर रहेका खुलेकाे छ ।

प्रहरीले उनकाे साथमा रहेकाे माेबाइल फाेनमा गेस्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिका रेकर्डेड भिडियो पनि फेला पारेकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पाँच दिनकाे म्याद थप अनुमति प्राप्त भइ उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१