काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग फोनमार्फत संवाद गरेका छन्।
अध्यक्ष ओलीले आफूसँग संवाद गर्न इच्छुक नागरिकसँग बुधबार नाम र नम्बर टिपाउन आव्हान गरेका थिए। दुई दिनमा करिब १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए।
ओलीले गोलाप्रथा प्रणालीबाट छान्दै सम्पर्क गरेका थिए। पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज शुक्रबार दिउँसो १ बजेदेखि ओलीले नागरिकका प्रश्नको जवाफ दिन सुरु गरेका थिए।
उनले फोनमा लगभग ४ घण्टा कुरा गरेका छन् । नागरिकहरुसंग प्रत्यक्ष कुराकानी गर्न पाउँदा आफु उत्साहित भएको पनी ओलीले बताए । बांकी रहेकाहरुसंग पनी अगामी दिनमा कुराकानी गर्ने उनले बताए ।
हेर्नुहोस तस्वीरहरु



