सुन चाँदीकाे भाउ बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आइतबार एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले बढेर १ हजार २ सय १५ रुपैयाँमा पुगेको छ । चाडपर्व सुरु भएसँगै सुनको माग बढिरहेको छ ।

दशैँ पछाडि दैनिक ३० देखि ३५ किलो माग रहेको महासङ्घले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१