मंसिर ४ गते अग्रगमन र प्रतिगमन चाहानेबीच महासंग्राम हुन्छ : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते निर्वाचनलाई प्रतिगमन र अग्रगमन चाहने बीचको महासंग्राम रहेको बताएका छन् ।

आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकातिर अग्रगमन चाहने ५ दलीय गठबन्धन र अर्कोतिर प्रतिगमन चाहने गठबन्धनबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा भइरहेको बताएका हुन् ।

उनले भने, ‘देशमा अर्को पनि गठबन्धन छ । उसको अलगै विचार छ । संस्कृति छ । तपाईहरु अनुहार चिन्नुभएको नै छ । त्यसले कहीँ न कहीँ चाहेको छ, गणतन्त्रलाई उल्ट्याउने । संघीयतालाई कमजोर पार्ने त्यसप्रकारको गठबन्धन छ र त्यससँग हाम्रो बहस भइराख्या छ ।’

उनले संविधान, गणतन्त्रको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने विचार व्यक्त गरे । अध्यक्ष प्रचण्डले गठबन्धन दल विजयी भए पहिलो एजेण्डा नै आर्थिक क्रान्ति हुने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१