
काठमाडाैं । बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पूर्पक्षका लागि थुनामा पठाइएकाे छ ।
महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला अदालत धादिङले पूर्पक्षको लागि थुनामा पठाएको हो ।
गत असोज १६ गते बिहान १ बजेतिर इन्स्पेक्टर अपूर्वले खानीखोलाकै ब्यारेक भित्र महिला प्रहरीमाथि बलात्कारको प्रयास गरेको आरोप छ ।
पीडित महिला प्रहरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको थियो । उनीविरूद्ध प्रहरीले जाहेरी, सिसिटिभी फुटेज, बयान लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ ।