
काठमाडाैं । सेयर बजार बुधवार पनि बढेको छ ।
दिनभर तलमाथि भइरहेको सेयर बजार बन्द हुने बेलामा सात दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ३८ दशमलव ३० विन्दुमा पुगेको छ ।
आज बैंकिङ, व्यापार र निर्जीवन बीमाबाहेक अरू सबै समूहको सेयर बढेको छ । बजारसहित कारोबार रकम पनि दिनदिनै बढिरहेको छ ।
बुधबार दुई सय २७ वटा कम्पनीकाे ४३ लाख ४६ हजार कित्ता शेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा कारोबार भए ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज कर्पोरेट विकास बैंक र कर्णाली विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढे पनि सबैको लघुवित्त कम्पनीको शेयर झन्डै चार प्रतिशत र माहुली लघुवित्तको शेयर साढे तीन प्रतिशतले घटेको छ ।