फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले पाइन् सफाइ, यस्ताे थियाे उनीमाथि आराेप

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले अगस्ट महिनाको पार्टी गरिरहेको भिडियो प्रकरणमा सफाइ पाएकी छिन् ।

उनीविरुद्ध गैरजिम्मेवार काम गरेको अभियोग लागेको थियो ।

लिक भएको फुटेजमा साथीहरू र सेलिब्रेटीहरूसँग नाचिरहेको देखिएपछि ३६ वर्षीया मरिनले आफ्नो बचाउ गरेकी थिइन् ।

मरिनको व्यवहारले फिनल्याण्डको ‘प्रतिष्ठा र सुरक्षा’लाई कमजोर पारेको आरोप लगाउँदै दर्जनौँ उजुरीहरू दायर गरिएको थियाे ।

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन पार्टीमा नाचिरहेकाे भाइरल भिडिओबाट निकालिएकाे दृश्य ।

तर, चान्सलर अफ जस्टिस टुमास पोयस्टीले मारिनले प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्यलाई बेवास्ता नगरेको निष्कर्ष निकालेका छन् ।

भिडियोमा लागुपदार्थको सन्दर्भमा केही टिप्पणीहरू आएपछि मरिनले त्यसबारेका ‘शंकाहरु हटाउन’ लागुऔषध परीक्षण पनि गरेकी थिइन् । तर, परिक्षणको नतिजा नेगेटिभ आएको थियो ।

त्यतिबेला, प्रधानमन्त्री मरिनले भिडियो ‘निजी परिसर’मा खिचिएको र आफूले ‘साथीहरूसँग’ साँझको समय बिताएको बताएकी थिइन् ।

३४ वर्षकी मरिन् विश्वकाे सबैभन्दा कान्छी प्रधानमन्त्रीसमेत हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१