अमेरिकामा १२ जनामाथि अन्धाधुन्ध गाेली प्रहार

काठमाडाैं । अमेरिकाको फिलाडेल्फियास्थित केन्सिङटन क्षेत्रको एक बारबाहिर अन्धाधुन्ध गोली आक्रमण भएको छ ।

शनिबार राति भएको यो आक्रमणमा परी कम्तीमा १२ जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ भने घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

के कारणले यो आक्रमण भएको हो भन्ने पनि खुल्न सकेको छैन भने प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा कसैलाई पक्राउ पनि गरेको छैन ।

पछिल्लो समय अमेरिकामा गोली आक्रमणका घटनामा उल्लेख्यरुपमा बढिरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१