बलात्कार आरोपमा पक्राउ परे श्रीलंकाका क्रिकेटर दानुष्का

काठमाडौं । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् ।

उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् ।

उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासहित प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् ।

टी २० विश्वकप क्रिकेट चलिरहँदा दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए । त्यसपछि उनकाे स्थानमा एशेल बंडारा आएका थिए ।

घाइते भएपछि दानुष्कालाई टिम म्यानेजमेन्टले अष्ट्रेलियामा टोलीसँगै राखेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१