
काठमाडौं । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण आइतवार प्रिसिजन एयरको विमान दुर्घटनामा परेकाे हाे ।
विमान लेक भिक्टोरीमा खसेको थियो ।
तान्जानियाका प्रधानमन्त्री कस्सिम मजलिवाका अनुसार खराब मौसमबिच विमान ल्यान्डिङ गर्ने प्रयास हुँदा दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै उद्धार टोली खटिएको थियो । त्यसक्रममा २६ जनाको उद्धार गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
दर ए सलामबाट उडेको सो विमान बुकोबा गइरहेकाे थियो । विमानमा ३९ यात्रु, दुई पाइलट र दुई क्याबिन क्रु सदस्यसहित ४३ जना रहेका थिए ।