
बुटवल । रुपन्देहीको देवदहमा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन् ।
देवदह नगरपालिका-५ पाल्पाली टोलमा सोमवार बिहान आफ्नै घरको कोठामा श्रीमान-श्रीमती मृत अवस्थामा फेला परेका हुन् ।
कोठाभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बोलिन्द्र केही दिनअघि मात्र वैदेशिक रोजगारीबाट घर आएको स्थानीयले बताएका छन् ।
श्रीमानले नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।