
काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् ।
सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको हो ।
उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको बताइएकाे छ ।
गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए ।
सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो ।
दूतराज अहिले सामान्य अवस्थामा छन् । दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन ।
दूतराजका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ,देउरालीमा लगायत गीत चर्चित छन् ।