
काठमाडाैं । बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको छ ।
सोमबारको तुलनामा मंगलबार तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ बुधबार तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको भाउ पनि बढेको छ ।
साेमबार र मंगलबार १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।