डलरकाे भाउ स्थिर, बढ्यो युराे

काठमाडाैं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ ।

त्यस्तै, आज युरोपियन युरोको एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा तोकिएको छ ।

आइतबार युरो एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १५३ रुपैयाँ ३८ पैसा पाइन्छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३० पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ २९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४५ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ १२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २८ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार २७ रुपैयाँ ८७ पैसा र बिक्रीमा २८ रुपैयाँ पाइन्छ ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४१९ रुपैयाँ २८ पैसा र बिक्रीमा ४२१ रुपैयाँ २३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३४३ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१