प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले डडेल्धुराबाट मतदान गरेका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

उनले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला।’

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१