
चितवन । चितवनको राप्ती नगरपालिकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले मतपेटिका जलाउने प्रयास गरेका छन् ।
आइतबार बिहान ८ बजेतिर राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउन प्रयास गरेका थिए ।
त्यसक्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको थियो । प्रहरीले हानेको गोली लागेर विप्लवका एकजना कार्यकर्ता घाइते भएका छन् ।
घटनापछि मतदानस्थल तनावपूर्ण हुँदा दुई घण्टा मतदान स्थगित भएको थियाे । प्रहरीले गोली चलाएपछि विप्लवका कार्यकर्ताहरु भागेका थए ।