
कैलाली । सुदूरपश्चिमको धनगढीको एक मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । धनगढी उपमहानगरपालिका–२ मा रहेको शारदा मावि मतदान केन्द्र नजिक बम विष्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बम विस्फोट भएको पुष्टि गरेका छन् । उनले विस्फोटनबाट कुनै क्षति नभएको पनि बताए ।
उनले शनिबार बेलुकीबाट अहिलेसम्म कैलालीका ११ स्थानमा बम फेला परेको जानकारी दिए । उनका अनुसार फेला परेको सबै बम नेपाली सेनाले निष्क्रिय पारिसकेको छ ।