
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिक विष्फोट भएको हो ।
विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
प्रहरीका अनुसार मतदान केन्द्र नजिकै पटका पड्किएको हाे । पट्का पड्किए पनि सामान्यरुपमा मतदान जारी रहेको उनले बताए ।