
झापा । झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको छ ।
रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि मतदान रोकिएको हो ।
१० जनाले मतदान गरिसकेपछि मतपत्र साटिएको थाहा भएको र मतदान रोकिएको बताइएको छ ।
राजनीतिक दलले कर्मचारी परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।