बाजुराकाे त्रिवेणीमा गाेली चल्याे, तीन जना घाइते

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा ३ जना घाइते भएका छन् ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेको पहिचान हुन सकेको छैन ।

घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१