
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ। घण्टी चुनाव चिह्न लिएका विराजभक्त श्रेष्ठले ६०७ मतसहित अग्रता बनाइरहेका छन् ।
त्यहाँ लौरो चुनाव चिह्नका सुमन सायमीले ५९१ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा एमालेका शिवसुन्दर राजवैद्य ३०५ मतसहित तेस्रो स्थानमा छन् ।
बहालवाला पर्यटनमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीवनराम श्रेष्ठ २१३ मतसहित चौथो स्थानमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमाल २०३ मतसहित पाँचौँ स्थानमा छन् ।