सुनकाे मूल्यमा वृद्धि, कति छ बजार भाउ ?

काठमाडाैं । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ ।

अस्ति शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१