सामाजिक सञ्जालमा गंगा चाैधरी र शान्ता चाैधरीकाे जुहारी

काठमाडाैं । नेकपा एमालेकी नेतृ शान्ता चाैधरी र एमालेले टिकट नदिएपछि हाम्राे नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएकी गंगा चाैधरीबीच सामाजिक सञ्जालमा चर्काे जुहारी परेकाे छ ।

नेकपा एमाले दाङ जिल्ला पूर्वाध्यक्ष तुल्सीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का जन्मदिनको शुभकामना दिएकाे पाेस्टमा शान्ता चाैधरीले ‘एमाले सिध्याउने खेलमा लागेकालाई एमाले नेताकाे माया लागेजस्ताे गर्नुपर्ने रहेछ त्यही पार्टी सक्याउने अनेक नाटक गर्ने अहिले फेरि नाटक कसले पत्याउँछ र ?’ भनेपछि उनीहरुकाे राेचक जुहारी चलेकाे हाे ।

शान्ता चाैधरीकाे कमेन्टकाे रिप्लाईमा गंगाले भनेकी छिन्, ‘अब त अति भयाे शान्ता जी, एमाले तिम्रा बाउकाे बिर्ता हाेइन । तिमीले एमालेकाे नाम लिग भने लिने नलिग भने नलिने ।’ उनले एमालेले आफूलाई धाेका दिएकाे पनि उल्लेख गरेकी छिन् ।

त्यसपछाडी पनि उनीहरुकाे दाेहाेरी राेकिएकाे छैन । अगाडि शान्ताले लेखेकी छन् ‘एमालेमा बसेर एमाले सक्ने तिमीहरु जस्तालाई एमाले भन्ने अधिकार छैन ।’

त्यसकाे प्रतिउत्तरमा गंगाले भनेकी छिन्, ‘अवसरबादी म हाेइन तिमीहरु हाै ।’ उनले प्रश्न पनि गरिकि छिन् ‘पहिले तिम्राे व्यवस्था नगरे म टिकट लिन्नँ भन्ने काे हाे ?’

अहिले उक्त कमेन्ट डिलिट गरिएकाे छ ।

दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले शान्ता चाैधरीलाई टिकट दिएकाे थियाे । त्यसकाे विराेधमा गंगा चाैधरीले अर्काे पार्टीबाट उम्मेदवारी दिएकी थिइन् । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणी चाैधरी उम्मेदवार थिए । याे क्षेत्रमा मेटमणी चाैधरी विजयी भएका छन् । एमालेबाठ्ठ छुट्टिएर समाजवादी पार्टी बन्नुपूर्व यी तीनैजना एउटै पार्टीका सहकर्मी थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१