
इरान । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ ।
तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मङ्गलबार जनाएको छ ।
पत्रकार सम्मेलनमा घोषणा गर्दै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले तीन नाबालिकासहित एघार जना दोषीहरूलाई जेल सजाय सुनाइएको छ ।
अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमशः वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधको लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले जानकारी दिए ।
निर्णयहरू अझै अन्तिम नभएकाकारण दोषीहरूले पुनरावेदन खोज्न सक्ने उनले बताएका छन् ।