
काठमाडाैं । सरकारले गाडी, मोबाइल, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।
पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ती सामग्रीको आयात फुकुवा गर्ने निर्णय गरेको हो ।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो ।
असार ३१ मा राजपत्रमा अर्को सूचना प्रकाशित गर्दै त्यसलाई भदौ १४ सम्म निरन्तरता दिइएको थियो।
भदौ १५ गते राजपत्रमा अर्को सूचना निकाल्दै सरकारले १० मध्ये ६ वस्तुमा लगाएको प्रतिबन्ध खुला गर्दै चार वस्तुको प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याएको थियो ।
त्यसपछि अर्को सूचना जारी गरेर सरकारले मंसिर मसान्तसम्मको लागि लम्ब्याएको थियो ।
अब भने व्यवसायीले सबै प्रकारका तयारी मदिरा, स्मार्टफोन, जीप, कार र भ्यान तथा मोटरसाइकल आयात गर्न पाउने छन् ।