
काठमाडाैं । सामाजिक अभियन्ता तारा बराल पक्राउ परेकी छन् ।
सर्वाेच्च अदालत परिसरमा कानुनविद्लाई जुत्ता प्रहार गरेपछि उनी पक्राउ परेकाे प्रहरी स्राेतले जनाएकाे छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको समर्थनमा उनी र उनको समूहले यसअघि विभिन्न समयमा माइतीघर र रामशाहपथमा धर्ना र प्रदर्शन गरेको थियो ।
यहीँबाट उनकाे चर्चा भएकाे थियाे ।
संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा सर्वोच्च अदालत फर्कने तयारीमा छन् ।
सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए ।
उनी बुधबार अदालत प्रवेश गर्ने जानकारी प्राप्त भएपछि सर्वोच्च अदालत बार एसोसिएसनले जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गरिरहेकाे छ ।
यही क्रममा उनले कानुन व्यवसायीलाई जुत्ता प्रहार गरेकी हुन् ।