टाटा मोर्टस् इन्जिन केयर क्याम्पको शुभारम्भ

कठमाडौं । सिप्रदी टाटा मोर्टस्को नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा संभार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उदेश्यले सिप्रदी ट्रेडिङ्ग प्रा. लिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि इन्जिन केयर क्याम्पको आयोजना गरेको छ ।

२०७९ मंसिर २६ गते टाटा मोर्टस् कस्टमर केयर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोहबीच उक्त क्याम्पको शुभारम्भ गरे ।

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५% देखी कम्पनीले तोकिएका पार्टस्हरुमा ५०% सम्मको छुट, ल्युव्रिकेन्टमा २०% छुट, लेवर चार्जमा २५% छुट, तथा चालकहरुका लागि नयाँ प्रविधिका गाडीहरुमा गर्नु पर्ने तथा गर्न नहुने कामहरुबारे निःशुल्क तालिमको सुविधा प्रदान गरेको छ ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा पौष १५ गते सम्म उक्त क्याम्प संचालनमा रहने छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१