फोटोन इलेक्ट्रिक कार्गो भ्यान काठमाडौंमा

काठमाडौं । बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौंमा देखिएको छ।

केही समय फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा ल्याउने बताएकाे थियाे ।

कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH छ । यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म छ ।

यसको ८५ K इन्जिन क्षमताका छन् भने २९०Nm टर्क रहेको छ । ७ क्युविक मिटर स्पेस रहेका यी भ्यानले ११५०KG भार बहन क्षमता राख्छन् । डिपार्टमेन्ट स्टोर, इकमर्स, फार्मेसी, हार्डवेयर, FMCG, कार्गो कुरियर, दुरसंचार प्रदायक जस्ता बिभिन्न व्यवसायलाई बहुउपयोगी हुने कार्गो भ्यान काठमाडौं आएको कम्पनीले जनाएको छ ।

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफूहरु सम्पूर्ण इलेक्ट्रिक हुने यात्रामा रहेको जनाएको छ । केहिदिन भित्रै फोटोनका प्यासेन्जर भ्यान पनि आइपुग्ने, जुन स्कुल, होटल, रुट, अफिसलगायतका लागि बहुउपयोगी हुने कम्पनीले जनाएको छ ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाइकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरुभन्दा धेरै माथि रहेको छ । उत्पादन संख्या धेरै भएको चीनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ ।

आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडी बाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले गर्दा अबको फोटोन को यात्रा बिजुली गाडीतिर बडी केन्द्रित हुनु सकारात्मक छ ।

फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याएको हो । वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका भेहिकलप्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भईरहेको र मागहरु बढ्दै गइरहेको छ ।

बिजुली आपूर्ति सहज हुँदा डिजेलभन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१