प्रधानमन्त्री नियुक्ति अगाडि नयाँ सांसदको शपथ, बिहीवारका लागि तोकियो मिति

काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ पुस ७ गते बिहीवार हुने भएको छ ।

संघीय संसद् सचिवालयले सोमवार एक सूचना प्रकाशित गरी शपथका लागि उपस्थित हुन सांसदहरूलाई आग्रह गरेको हो ।

बिहीवार दिउँसो १ बजेका लागि शपथको समय तय गरिएको संसद् सचिवालयका महासचिव डा. भरत गौतमले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेसम्म प्रधानमन्त्रीको नाम सिफारिश गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।

संसद् अधिवेशन भने आह्वान भएको छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१