
काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन् ।
प्रतिनिधिसभामा शपथ लिने क्रममा केही फरकपन पनि देखियाे । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गीता छोएर ईश्वरको नाममा सपथ लिए ।
यसैगरी, अर्का स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा शपथ लिए ।
संस्कृत भाषामा सपथग्रण गर्ने स्वतन्त्र सांसद किरण साहले जसरी नै कांग्रेस सांसद शर्माले पनि धर्म भाकेर सपथग्रहण गरेका हुन् ।
सपथग्रहणका लागि नेपालमै बुनेको कपडाको दौरा सुरुवाल लगाएर गएका शर्माले हिन्दूहरुको महान ग्रन्थ गीता पनि साथमै बोकेका थिए ।
सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसहित भागवत गीता समेत थियो ।