बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । आज साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य बढेकाे छ ।

जनावरी १ अर्थात् सन् २०२३ को पहिलो दिन सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१