• २०८३ जेठ २२
  • 2026 June 05, Friday

निर्मला हत्या प्रकरण : दुईजना भारतीय पक्राउ गरी डीएनए परीक्षण गरिँदै

हुलाक सञ्चार

  • २०७९ पुस २२, शुक्रबार ०८:२८

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले डीएनए परीक्षण गरिँदै छ। निर्मला हत्याको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिररहेको छ।

केहि दिन अघि केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला प्रकरणको अनुसन्धान गर्न छानबिन समिति बनेको थियो। सिंहको टोली अहिले अनुसन्धानको लागि कञ्चनपुर पुगेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सपथग्रहण लगतै निर्मलाको हत्या प्रकरण छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए।

  • २०७९ पुस २२, शुक्रबार ०८:२८