
काठमाडाैं । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको सोह्रौँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ ।
सभामा बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१ रुपैयाँकाे १३ प्रतिशत बराबर बोनस शेयर बापत ५९ करोड ६८ लाख १३ हजार ५५५ र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) ६ कराेड ८८ लाख ६३ हजार १०२ गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम ६६ कराेड ५६ लाख ७६ हजार ६५७ रुपैयाँ लाभांस प्रस्ताव पारित भएको छ ।
यस पश्चात, यस विकास बैंकको चुक्ता पूँजी ५ अर्ब १८ कराेड ७६ लाख ८७ हजार ५७ रुपैयाँ पुग्ने छ । त्यस्तै, गत आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ ।
बैकको आन्तरिक मूल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो इमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौथोमा हेम्जा शाखा भएका छन् ।