आज तरकारी र फलफूलको मूल्य कति छ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलु ३५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यो समितिले तोकेको न्यूनतम मूल्य हो।

यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ। ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ४० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ३० रुपैयाँ, गान्टे मुला ६० रुपैयाँ रहेको छ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी र तिते करेला १०० रुपैयाँ, प्याज हरियो ४० रुपैयाँ, सुकेको प्याज ४४ भिण्डी ९० रुपैयाँ, लौका ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनियाँ ७० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१