मलेसियामा बन्धक बनाइएका नेपालीलाई उद्धार गर्न सरकारले पहल सुरु

काठमाडौं । सरकारले मलेसियामा केही दिनदेखि बन्धक बनाइएका नेपालीहरूलाई उद्धार गर्न पहल थालेको छ।

मलेसिया पुगेका १९ जना नेपाली बन्धक भएका खबर सार्वजनिक भएको थियो।

रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरू ८ दिनदेखि बन्धक छन्।

प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयले मलेसियामा रहेका नेपालीको अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्न पहल गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकोले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्य सचिवमार्फत् निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१