
काठमाडाैं । ब्राजिलमा चुनाव हारेका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले वितण्डा मच्चाएका छन्।
उग्र बनेका समर्थकहरूले राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतमा छिरेर तोडफोड र आजगनी गरेकाे बीबीसीले उल्लेख गरेकाे छ ।
प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री निवास कब्जा गर्न कोसिस गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अक्टोबरमा भएको चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग बोल्सोनारो पराजित भएका थिए ।
लामो समय चुनावी परिणाम अस्वीकार गरेका उनी सर्वोच्चले चुनावलाई वैध ठहर गरेपछि अमेरिका गएका थिए । उनी सत्ता हस्तान्तरण समारोहमा पनि सहभागि भएका थिएनन्।
अहिले उनै पराजित बोल्सोनारोका समर्थकले राजधानीमा हंगामा मच्याएका हुन् ।
राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘फासिस्ट आक्रमण’ भनेका छन् ।
राष्ट्रपति लुलाले यो खालको गतिविधि आतंककारी गतिविधि भएकाले संलग्नहरुलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।