
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘चुनौती छन्’ भन्ने स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले प्रचण्डलाई बधाईसहित चुनौती रहेकाे भन्दै स्मरण गराएका हुन् ।
ओलीले भने, ‘आज पनि उहाँलाई बधाई भन्न चाहन्छु । तर चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन पनि चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत पाउनेमा आफू ढुक्क रहेकाे पनि ओलीले बताए ।