
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्रीले माघ ३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । निर्देशन अनुसार तयारी गरिएको खड्काले बताएका छन् ।
माओवादी केन्द्रका जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।उनले नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० मत प्राप्त गरेका थिए ।
मंगलबार बसेको पहिलो मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या घटाउने सम्बन्धमा प्रतिवेदन बनाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो । त्यही कार्यदलको प्रतिवेदन आएपछि र सत्ता साझेदार दलहरुबीचमा भागबण्डा मिलाएपछि मन्त्रिपरिषदले पूर्णता पाउने थपलियाले बताए ।