
जेलमा खटिएका सुरक्षा अधिकृतले कैदीमाथि कडा निगरानी गर्नुपर्छ । पर्याप्त निगरानी नहुँदा कतिपय ठाउँमा कैदी फरार पनि हुने गरेका छन् ।
कडा निगरानी राख्नुपर्ने जिम्मेवारीमा रहेका सुरक्षा अधिकृतले नै कैदीसँग ‘लभ’ गरेपछि के होला ?
ब्रिटेनको सबैभन्दा ठूलो जेल एचएमपी बर्वेनमा खटिएका ३ जना महिला सुरक्षा अधिकृत जेनिफर गावेन, आयशा गन र एमिली वाटसनले कैदीसँग प्रेम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कैदीसँग लभ गर्ने तीनै अधिकृतलाई कारवाही गरिएको छ ।
सँगसँगै जेलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई तालिम दिन थालिएको छ, ताकी तालिमपछि कैदीसँग कुनै पनि प्रकारको सम्बन्ध नहोस् ।
जेलमा कार्यरत ५०० कर्मचारीलाई तालिम दिइएको समाचारमा जनाइएकाे छ ।