
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने बताएका छन् ।
आज काठमाण्डौमा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा उच्च प्राथमिकता दिने बताए । प्रतिक्रियावादीहरूको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै यो सफलतालाई कम आँक्न नहुने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो सङ्गठनलाई बलियो बनाएर अघि बढ्न युवालाई निर्देशन दिएका छन् । सरकारले नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्ने बताएका छन् ।